सुर्खेतमा ‘तपाईको मास्क खोई ?’ अभियान
सुर्खेत । कोरोना संक्रमण बढ्न थालेपछि सुर्खेतमा मास्क प्रयोगमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा वीरेन्द्रनगरमा मङ्गलबारदेखि ‘तपाईको मास्क खोई’ अभियान शुरु भएको छ ।
अभियानमा जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायीले सहभागिता जनाएका छन् । सबैलाई अनिवार्य रुपमा मास्क लगाउन पे्ररित गर्ने उद्देश्यले प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्रित गरी अभियान थालिएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कविनै भीडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए ।
अभियानमा मास्क नभएकालाई निःशुल्क वितरण गर्ने गरिन्छ । मुख्य बजार, भीडभाड हुने क्षेत्रमा माइकिङ गर्दै सचेतनामूलक सन्देश सुनाउने गरिएको छ । मास्क प्रयोग नगरी बारम्बार हिँडडुल गर्नेलाई भने १०० जरिवाना तिराउने गरिएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले चाडपर्व नजिकिँदै गरेकाले उत्तिकै सतर्कताको जरुरी रहेको बताए । “सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सके निषेधाज्ञा गर्नुपर्ने अवस्था रहँदैन्, एक जनाको लापरवाहीले समाज नै सङ्क्रमित हुने हुँदा व्यापक जनचेतना फैलाउन जरुरी छ”, उनले भने, “यस्तो महामारीमा आमनागरिक अनुशासित भएमा रोकथाम तथा नियन्त्रणमा धेरै मद्दत पुग्दछ ।”
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया