सुर्खेतमा ‘तपाईको मास्क खोई ?’ अभियान
सुर्खेत । कोरोना संक्रमण बढ्न थालेपछि सुर्खेतमा मास्क प्रयोगमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा वीरेन्द्रनगरमा मङ्गलबारदेखि ‘तपाईको मास्क खोई’ अभियान शुरु भएको छ ।
अभियानमा जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायीले सहभागिता जनाएका छन् । सबैलाई अनिवार्य रुपमा मास्क लगाउन पे्ररित गर्ने उद्देश्यले प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्रित गरी अभियान थालिएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कविनै भीडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए ।
अभियानमा मास्क नभएकालाई निःशुल्क वितरण गर्ने गरिन्छ । मुख्य बजार, भीडभाड हुने क्षेत्रमा माइकिङ गर्दै सचेतनामूलक सन्देश सुनाउने गरिएको छ । मास्क प्रयोग नगरी बारम्बार हिँडडुल गर्नेलाई भने १०० जरिवाना तिराउने गरिएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले चाडपर्व नजिकिँदै गरेकाले उत्तिकै सतर्कताको जरुरी रहेको बताए । “सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सके निषेधाज्ञा गर्नुपर्ने अवस्था रहँदैन्, एक जनाको लापरवाहीले समाज नै सङ्क्रमित हुने हुँदा व्यापक जनचेतना फैलाउन जरुरी छ”, उनले भने, “यस्तो महामारीमा आमनागरिक अनुशासित भएमा रोकथाम तथा नियन्त्रणमा धेरै मद्दत पुग्दछ ।”
















इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया