नेपाली फुटबल टोली भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण दुई खेल खेल्ने भएको छ । आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० सेप्टेम्बर २ र ५ मा हुनेछ । दुवै मैत्रीपूर्ण खेल नेपालमा हुने एन्फाले जनाएको छ ।
हालसम्म नेपालले भारतसँग १९ खेल खेलेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ भने भारतले १३ खेल जितेको छ । नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा दशरथ रंगशालामा भएको खेलमा हराएको थियो ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १३ औँ संस्करणको साफ च्याम्पियनसिपको तयारीका लागि हुन लागेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुनेछ । तर, आयोजक राष्ट्र भने हालसम्म टुंगो लागेको छैन ।
बंगलादेशले पाएको साफ प्रतियोगिता आयोजनाको जिम्मेवारी कोभिड १९ का कारण गर्न नसक्ने जानकारी दिएपछि नेपाल र माल्दिभ्सले आयोजनाको प्रस्ताव पेश गरिसकेको छ ।
साफले अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्य एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिन सक्नेछ। नेपालले हालसम्म दुईपटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ ।
नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया