खसी भन्दै झुक्याएर बाख्राको मासु बेच्ने ४ भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७८ साउन २३ गते १४:०७

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट खसीको मासु भन्दै बाख्राको मासु बेच्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई पक्राउ गरेको हो ।
शनिबार बिहान ५ बजे खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्राको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेले बिक्रीका लागि राखिएको खसीको मासुमा बाख्राका पहिचान खुल्ने अंग लुकाएर बाख्रीको मासु मिसाएर बेच्दै आएका थिए ।
प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्रा, बाख्राको अंग लुकाएर बेच्न राखिएको मासुसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित










एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया