पीएसजी जाने तयारीमा मेस्सी

एजेन्सी । लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् । बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सी फ्रान्सेली क्लब पीएसजीमा जाने भएका हुन् ।
स्पेनिस खेलकुद पत्रिका मार्काले क्याटलान क्लब बार्सिलोनाले बिहीबार आर्थिक र संरचनागत अवरोधले मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दिएपछि शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टाइन स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको उल्लेख गरेको छ। मेस्सीको भविष्यका बारेमा विकसित भएका घटनाक्रम अपेक्षा गरिएको भन्दा द्रुत गतिमा भइरहेको मार्काले जनाएको छ ।
फुटबल क्लब पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल-थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेस्सीसँग कुराकानी पूरा भएको र चाँडै यसबारे औपचारिक घोषणा हुने दाबी गरेका छन्।
अल-थानीले ट्विटरमा लेखेका छन्, “आधिकारिक रुपमा कुराकानी समाप्त भएको छ, पछि मेस्सीको घोषणा हुनेछ।’
अल थानीले मेस्सीबारे दिएको जानकारी त्यतिबेला आएको छ जतिबेला पेप गर्डिओलाको म्यान्चेस्टर सिटीले मेस्सीसँग सम्झौताको लागि प्रयासमा नरहेको शुक्रबार प्रिम्याच प्रेस कन्फरेन्समा जनाएको थियो। पेपले दुई राज्यको स्वामित्व भएको क्लबले मेस्सीलाई ल्याउन सक्षम हुने बताएका थिए।
च्याम्पियन्स लिग ट्रफिको प्रतिक्षामा रहेको पीएसजीमा अब सर्जियो रामोस र मेस्सीले आठौं ट्रफी पार्सदेश प्रिन्सेस ड्रेसिङ रुममा ल्याउने अपेक्षा गरिएको मार्काले उल्लेख गरेको छ।
















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया