ओलीले बोलाए स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । साउन २५ गते दुवै कमिटिको बैठक ओलीले बोलाएका हुन् ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बोलाईएको छ ।
पार्टीको विद्यान अधिवेशनको तयारी र वडा सम्मेलनहरु गर्ने कार्यतालिका बनाएको एमालेले पार्टी विद्यान संसोधनका लागि शुक्रवारवाट समुहगत रुपमा सझुावलिने काम शुरु गरेको थियो ।
पार्टीभित्रै अन्त्रसंर्घष चर्काइरहेको माधव नेपाल पक्षले केन्द्रीय कमिटिले तय गरेका कार्यक्रम स्थगित गर्न र एकताका लागि ओलीले आत्मआलोचना गर्नुपर्ने जस्ता शर्त तेस्याईरहेका बेला ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाएका हुन ।
नेपाल पक्षको मागका आधारमा पार्टीका गतिविधि अव नरोक्ने निश्कर्षमा ओली पक्ष छ ।
पार्टी स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाईएको केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले जानकारी दिए । साउ २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव तामाङले जानकारी दिए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया