सत्तारूढ गठबन्धनको कार्यदलले प्रतिवेदन आज सार्वजनिक गर्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आज उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो । उक्त प्रतिवेदन अपरान्ह सिंहदरबारबाट सार्वजनिक गर्ने राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन् ।
कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठवन्धनमा आवद्ध दलका शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।
यद्धपी उक्त प्रतिवेदनमा भएका केही बुँदा भने प्रतिवेदन सार्वजनिक नहुँदै विवादित बनेका छन् । विशेषगरी संविधान संशोधन गरेर स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय विवादित बनेको हो ।
उक्त विषयको विरोेधमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नै स्थानीय तहका जनप्रतिनिधिले सच्याउन माग गरेका छन् ।
















सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया