सत्तारूढ गठबन्धनको कार्यदलले प्रतिवेदन आज सार्वजनिक गर्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आज उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो । उक्त प्रतिवेदन अपरान्ह सिंहदरबारबाट सार्वजनिक गर्ने राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन् ।
कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठवन्धनमा आवद्ध दलका शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।
यद्धपी उक्त प्रतिवेदनमा भएका केही बुँदा भने प्रतिवेदन सार्वजनिक नहुँदै विवादित बनेका छन् । विशेषगरी संविधान संशोधन गरेर स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय विवादित बनेको हो ।
उक्त विषयको विरोेधमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नै स्थानीय तहका जनप्रतिनिधिले सच्याउन माग गरेका छन् ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया