सकियो सत्ता गठबन्धनको बालुवाटार बैठक
साझा कार्यक्रम आजै दिउँसो सिंहदरवारवाट सार्वजनिक गरिने, त्यसपछि मन्त्रीपरिषद् विस्तारमा थप छलफल गर्ने

काठमाडौं । सत्ता गठबन्धन दलको बालुवाटार बैठक सकिएको छ । विहान ११ बजेवाट शुरु भएको बैठकले सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले दिएको प्रतिवेदनमा केन्द्रीत रहेर छलफल गरेको थियो ।
छलफल पछि कार्यदलले प्रधानमन्त्री शेरवहादुर देउवा सहित शीर्ष नेतालाई शुक्रवार नै वुझाएको नीति तथा कार्यक्रम आज सिंहदरवारवाट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
अपारन्ह ४ वजे सिंहदरवारवाट अव सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम बनेको छ, आजको वालुवाटार वैठकमा नीति तथा कार्यक्रमकै विषयमा केन्द्रीत रहेर कुराकानी भएको थियो,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस विज्ञ विष्णु सापकोटा (जुगल)ले जानकारी दिए ।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको ७ सदस्यीय कार्यदल गठन गरेको थियो ।
आज सरकारको साझा कार्यक्रम सार्वजनिक गरेपछि अव मन्त्रिपरिषद् विस्तारका विषयमा थप छलफल गर्ने गठवन्धन दलले बताएका छन् ।
















पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
माधव नेपाल अस्पताल भर्ना
प्रतिक्रिया