सञ्चालित परीक्षा नरोक्ने त्रिविको निर्णय
मेरोन्यूज
२०७८ साउन २४ गते १९:३९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कुनै परीक्षाहरू नरोकिने जनाएको छ । विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै परीक्षा नरोकिने जनाएको हो ।
आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले सञ्चालन भइरहेको परीक्षा नरोकिने निर्णय गरेको हो । विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्डअनुसार परीक्षा सञ्चालन गर्ने निर्णय भएको त्रिविले जनाएको छ ।
त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु आगामी साउन २९ गते र सेमेष्टर प्रणालीको परीक्षा भदौ ५ गते सकिने छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाहरू स्थगित गर्न सिफारिस गरेको थियो । सो सिफारिससँगै कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु रोक्नु पर्ने आवाज उठ्दै आएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया