पुरुषलाई यौन हिंसाको आरोपमा डाक्टर पक्राउ
मेरोन्यूज
२०७८ साउन २५ गते १२:४८
धनकुटा । बिरामीलाई यौन हिंसा गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । धनकुटा ७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका हुन् ।
पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अनुसार पाख्रीबास नगरपालिकाका बिरामीले आफूलाई शर्माले यौन हिंसा गरेको उजुरी दिएका थिए ।
विराटनगर महानगरपालिका १२ का शर्मा धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा कार्यरत रहँदै आएका थिए । राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौन हिंसा गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
डा. शर्माले पनि आफूलाई अभद्र व्यवहार गरेको प्रहरीलाई बताएका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया