पुरुषलाई यौन हिंसाको आरोपमा डाक्टर पक्राउ
मेरोन्यूज
२०७८ साउन २५ गते १२:४८
धनकुटा । बिरामीलाई यौन हिंसा गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । धनकुटा ७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका हुन् ।
पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अनुसार पाख्रीबास नगरपालिकाका बिरामीले आफूलाई शर्माले यौन हिंसा गरेको उजुरी दिएका थिए ।
विराटनगर महानगरपालिका १२ का शर्मा धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा कार्यरत रहँदै आएका थिए । राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौन हिंसा गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
डा. शर्माले पनि आफूलाई अभद्र व्यवहार गरेको प्रहरीलाई बताएका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
सम्बन्धित















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
प्रतिक्रिया