सर्वोच्चद्वारा जसपा लुम्बिनी प्रदेशका तीन सांसदलाई पुर्न वाहाली गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका तीन सांसदलाई पुर्न वाहाली गर्न अस्वीकार गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पुर्न वाहाली गर्न अस्वीकार गरेको छ ।
पार्टीको निर्देशन विपरित लुम्बिनी प्रदेशका मुखयमन्त्री शंकर पोखरेललाई समर्थन गरेको भन्दै जसपाले तीन सांसदलाइृ कारबाही गरेको थियो । यसरी कारबाही पर्नेमा प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय रहेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि महन्थ ठाकुर पक्षका तीन सांसदलाई कारबाही गरेको प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो । जसपाको पत्रका आधरमा प्रदेश सभा सचिवालयले उनीहरुलाई सांसद पदबाट कारबाही गरेको थियो ।
उक्त कारबाहीविरुद्ध सांसदहरु पुर्न वाहालीको माग गर्दै सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनीहरुको रिटमाथि सुनुवाइ गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको छ ।
















सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया