सचिवहरुको हेरफेर, गृहमा टेक नारायण पाण्डे
मेरोन्यूज
२०७८ साउन २५ गते १९:०२

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गृहसचिवको हेरफेर गरेको हो ।
वैठकले गृह सचिवमा टेक नारायण पाण्डेलाई ल्याएको छ । यसअघि गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पठाउने निर्णय गरेको छ ।
बैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्माको प्रदेश नं.३ को प्रदेश प्रमुख सचिवमा र कृष्णहरी पुस्करलाई प्रदेश नं.५ को प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया