सचिवहरुको हेरफेर, गृहमा टेक नारायण पाण्डे
मेरोन्यूज
२०७८ साउन २५ गते १९:०२

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गृहसचिवको हेरफेर गरेको हो ।
वैठकले गृह सचिवमा टेक नारायण पाण्डेलाई ल्याएको छ । यसअघि गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पठाउने निर्णय गरेको छ ।
बैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्माको प्रदेश नं.३ को प्रदेश प्रमुख सचिवमा र कृष्णहरी पुस्करलाई प्रदेश नं.५ को प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको छ ।
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया