निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय बैठकले तोकिएको समयमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनु पर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेसले १४ औं महाधिवेशन भदौ १६( १९ मा गर्ने गरी मिति निर्धारित गरेको छ । बैठकपछि वरिष्ठ नेता पौडेलले निर्धारित समयमा नै महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने बताए ।
उनले भने, ‘अझैं पनि महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिन्छ भन्ने हाम्रो निचोड हो । त्यसका लागि हामी सबैले इमान्दारितापूर्वक प्रयास गर्नुपर्छ । महाधिवेशनको मुखमा छौं । हाम्रो निर्धारित कार्यतालिकामा केही व्यवधान आएर अड्की राखेको अवस्था छ । तैपनि अझै एक महिनाको समय छ । संविधानले हामीलाई ५ वर्ष ६ महिना बढी ठाउँ दिएको छैन । संविधानले ५ वर्ष ६ महिनाभित्रै महाधिवेशन गर्न भनेको प्रसंगमा आज हामीले के हुन्छ कसो हुन्छ भनेर आपसमा छलफल गरेका हौं । हामी महाधिवेशन गर्न सकिने निष्कर्षमा पुगेका छौं ।’
उनले पार्टीका क्रियाशील सदस्य विवाद समाधान भइसकेका ठाउँमा नयाँ र विवाद टुंगिन बाँकी रहेका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्नुपर्ने बताए ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया