युरो बाहेक अधिकांश मुद्राकाे विनिमयदरमा वृद्धि

काठमाडौं । अमेरिकी डलर लगायत केही देशको विनिमयदरमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रिय बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ६२ पैसा कायम छ । क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर ९४ रुपैयाँ ९६ पैसा छ ।
सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा छ, बिक्रिदर ८७ रुपैयाँ ९० पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ७५ पैसा, बिक्रिदर १० रुपैयाँ ८१ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ३३ पैसा, बिक्रिदर १८ रुपैयाँ ४२ पैसा छ । युरोपियन युरो भने घटेको छ । युरो १ को खरिददर १ सय ३९ रुपैयाँ २८ पैसा, बिक्रिदर १ सय ३९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ । कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ६२, बिक्रिदर ३२ रुपैयाँ ७९ पैसा छ ।
संयुक्त अरब इमिरेट्स (युएई) १ को खरिददर ३२ रुपैयाँ ३४ पैसा बिक्रिदर ३२ रुपैयाँ ५० पैसा छ । मलेसियन रिंगेन १ को खरिददर २८ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी दक्षिण कोरिया वन १ सयको खरिददर १० रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको केन्द्रिय बैंकले जनाएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया