गृहमन्त्री खाँण किन पुगे माधव नेपाल निवासमा ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेटन नेपाल निवास कोटेश्वर पुगेका छन् । सरकार विस्तारको अन्तिम गृहकार्यमा लागेका प्रधानमन्त्री शेरवहादुर देउवाले आफनो दुतका रुपमा गृहमन्त्री खाँणलाई माधव नेपाल भेटन पठाएका हुन् ।
ओलीले पछिल्लो पटक आफु निकटको केन्द्रीय सदस्यको बैठक राखेर विद्यान महाधिवेशन बोलाउने, विद्यान महाधिवेशनमा केन्द्रयि कमिटिका तर्फबाट लैजाने मस्यौदा पारित गर्ने र त्यस्तो मस्यौदामा अध्यक्ष र केन्द्रीय कमिटिमात्र निर्वाचित गर्ने, अन्य पदाधिकारी मनोनित गर्ने, पोलिटब्यूरो खारेज गर्ने जस्ता प्रस्ताव समेटिएपछि नेपाल ओलीसँग झन चिढिएका छन् ।
ओली पक्षसँग निर्णाकय वार्ता गर्ने र अधिकतम एकताकै प्रयास गर्ने नेपाल समुहको केन्द्रीय समितिले निर्णय लिईरहदा पनि ओलीले एकलौटी विद्यान सांसेधनको प्रस्ताव तयार पर्ने देखि वडा गाउ र नगरका समेत भेला सम्मेलन गर्न थालेपछि नेपाल आफु पनि पार्टीभित्रै समानान्तर गतिविधि तिव्र बनाउने योजनामा जुटेका छन् ।
उनले अव पार्टी एकताको च्याप्टर क्लोज भएको र समानान्तर गतिविधि तिव्र बनाउन आफु निकटका नेताहरुलाई निर्देशन दिईरहेका बेला ओलीले संसदमा समेत मंगलवार आफ्नै पार्टीका नेताहरु मन्त्री बन्न हिरिक हिरिक भईरहेको भन्दै घाटा वरु सहौला मन्त्री बनाइदिनुस् भनेर देउवासँग हात जोडेर नेपाल समुहको खिसिटिउरी गरेका थिए ।
नेपाल समुह सकभर एकताको प्रयासमा लाग्दा समेत ओलीले अटेर गदै आफनो शैलीमा अगाडी वढेपछि नेपाल समुह आफनो निर्णय पूर्नविचारमा जुटिरहेका बेला गृहमन्त्री खाँण नेपालनिवास पुगेका हुन् ।
यो भेटमा अव नेपाल समुहलाई सरकारमा आएरै सहयोग गरिदिन गृहमन्त्री खाँण आग्रहका लागि पुगेको स्रोतको भनाई छ ।
मंगलवार विहानैमात्र नेतृ रामकुमारी झाक्री पनि काग्रेसका महामन्त्री पूर्णवहादुर खड्कालाई भेटन खडकाकै निवास पुगेकी थिइन् ।
नेपाल समुहका कतिपय नेताहरु अव ओलीसँगको एकता टाढा पुगेको वताईरहेका छन् । दोस्रो तहका नेताहरुको एकता प्रयास पनि रोकिएको छैन । तर यही वेला झन ओली र नेपालका वीचमा सम्वन्ध चिसिएपछि अव सरकारमा आएरै सहयोगका लागि नेपाललाई आग्रह् गर्न प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई नेपालसँग भेटन पठाएको स्रोतको भनाई छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया