सोमबार, चैत १६, २०८२

संस्थापन इतर पक्षका कांग्रेसका जिल्ला सभापतिहरूले दिए नेतृत्वलाई पाँच सुझाव

तोकिएकै मितिमा विशेष महाधिवेशन भए पनि गर्नुपर्ने उनीहरुको माग

मेरोन्यूज २०७८ साउन २७ गते १७:३०

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका जिल्ला सभापति भेला सकिएको छ। काठमाडौंमा सोमबार र मंगलबार दुई दिन चलेको भेलापछि बुधबार इतर पक्षका जिल्ला सभापतिहरूले विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ५ बुँदे सुझाव दिएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

भेलामा सहभागी सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाका अनुसार क्रियाशील सदस्यतामा देखिएका विवाद छिट्टै समाधान गरेर जिल्ला सभापतिहरूले क्रियाशीलको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

बैठकमा उपस्थित जिल्ला सभापतिहरुले तेकिएकै मितिमा पार्टीको १४ औँ महाधिवेशन गनुपर्नेमा जोड दिएको उनले जानकारी दिए । उनका अनुसार तोकिएको मितिमा महाधिवेशन गर्न नसकेमा विशेष महाधिवेशन भए पनि गर्नुपर्ने उनीहरुको माग छ ।


मापदण्ड पुगेकालाई मात्रै क्रियाशील दिन सभापतिहरुको सुझाव छ। आफूहरूले दिएका पाँच बुँदे सुझाव नेतृत्वले अस्वीकार गरेमा जिल्ला सभापतिहरूले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी उनले दिए। भोली पार्टी सभापतिलाई पार्टी पदाधिकारीहरुलाई भेटेर उक्त सुझाब दिने तयारी रहेको उनले जानकारी दिए ।

जिल्लाबाट तहगत रूपमा सिफारिस भई आएकालाई मात्रै क्रियाशील दिन र समायोजनका नाममा जसलाई पनि क्रियाशील सदस्यता नदिन उनीहरूको सुझाव छ। क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र न्यायपूर्ण बनाउन पनि उनीहरूले माग गरेका छन्।

उक्त बैठकमा भौतिक र भर्चुवल रुपमा गरी ५१ जना जिल्ला सभापतिको उपस्थित रहेको थियो ।

प्रतिक्रिया