लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठन गर्न २४ घण्टाको लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्म बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले बहुमत दाबी पेस गर्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न बिहीबार दिउँसो ३ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
उक्त अविश्वासको प्रस्तावमा आज प्रदेशसभामा छलफल गर्न प्रदेश सभाको विषेश अधिवेशन आहवान गरिएको थियो । तर, मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया