कर्णालीमा सक्रिय संक्रमितको संख्या ९३२

कर्णाली । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सक्रिय संख्या ह्वात्तै बढेर आज ९३२ पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा कोभिड–१९ को संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको हो ।
प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपश्चात् बढेको मानव आवतजावतले संक्रमण दर माथि उक्लेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । निर्देशनालयका निर्देशक डा रविन खड्का अनुसार कर्णालीमा आजमात्र ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ । छैसटी जनामा गरिएको आरटी पिसिआर परीक्षणका क्रममा २७ र १९७ मा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३८ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
“आज ६५ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणबाट ३१ हजार १६५ संक्रमित भएका छन्”, उनले भने, “पछिल्लो तथ्यांक नियाल्दा कर्णालीको सुर्खेतमा कोरोना सङ्क्रमण दर बढेको देखिन्छ ।” त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ ले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट कर्णालीमा हालसम्म ३५६ ले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया