फिफा वरियतामा नेपालको सुधार

काठमाडौं । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अंक बटुल्दै ९७२ बनाएको छ ।
नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५औँ स्थानमा छ भने माल्दिभ्स १५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८८औँ स्थानमा छ भने भूटान १८७औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औँ स्थानमा रहँदा श्रीलंका २०५औँ स्थानमा छ ।
बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया