‘मेन्टल्ली, फिजिकल्ली’ शब्द संसदबाट हटाउन सभामुखको निर्देशन
मेरोन्यूज
२०७८ साउन २९ गते १४:०१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ जस्ता शब्दहरू हटाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् । उनले अमर्यदित शब्द भन्दै हटाउन लगाएका हुन् ।
आज प्रतिनिधि सभाको बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्ता पक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
बिहीबारको बैठकमा विशेष समय लिएर बोलेका नेकपा (माओवादी केन्द्र)का सांसद मातृका प्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले मुलुक दुर्घटनातर्फ उन्मुख भएको बताएका थिए ।
सम्बन्धित










यस्ताे छ आजकाे माैसम पूर्वानुमान
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया