अशक्त नागरिकलाई घरमा पुगेर खोप दिन सर्वोच्चको आदेश (पत्रसहित)

काठमाडौँ । ‘जेष्ठ नागरिक’लाई घरमा पुगेर कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप दिन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार उक्त आदेश दिएको हो ।
अधिवक्ता प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने अपांग, अस्पतालले पहिचान गरेको दिर्घ रोगी तथा फरक क्षमता भएका व्यक्तिको घरमा पुगेर खोप दिन अदालतले आदेश गरेको हो ।
‘यिनै संवैधानिक हकको प्रचलनको परिप्रेक्षमा खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगि कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनु’ सर्वोच्चको आदेशमा भनिएको छ ।
उक्त मुद्दामा रिट निवदेन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया