विपन्न वर्ग कर्जामार्फत २५ लाख रुपैयाँसम्म लिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै विपन्न कर्जाको व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै विपन्न कर्जाको व्यवस्थाबारे जानकारी गराएको हो ।
बैंकले विपन्न कर्जालाई न्युनतम २० लाख रुपैयाँ र अधिकतम २५ लाख रुपैयाँसम्मको व्यवस्था गरेको जानकारी गराएको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि स्वरोजगार गुमाएर व्यवसाय सञ्चालनका लागि न्युनतम १५ लाख रुपैयाँ लिन सकिने बताएका हुन् ।
यस्तै, ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्दा भने २५ लाख रुपैयाँसम्मको कर्जाको व्यवस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने छ । राष्ट्र बैंकले महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाका लागि भने २० लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको छ ।
यसैगरी, वास्तविक कृषकलाई कृषि व्यवसाय सञ्चालन गर्न २० लाख रुपैयाँसम्म कर्जा लिन पाउने राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील अर्थतन्त्र निर्माणका लागि उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न नेपाल सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि अनुरुप सहुलियत कर्जा कार्यक्रमको ल्याइएको राष्ट्र बैंकले जनाएको हो ।
राष्ट्र बैंकका गर्भनर अधिकारीले यस्तो कर्जाको अनिवार्य रुपमा बिमा गर्नु पर्ने व्यवस्थासमेत मिलाइने जानकारी दिए ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया