थाहा नगरपालिका तेस्रोपटक उत्कृष्ट बन्न सफल
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका उत्कृष्ट नगरपालिका बनेको छ । गत वर्षमा जस्तै जस्तै यस वर्ष पनि जिल्लामै उत्कृष्ट नगरपालिका बनेको हो ।
जिल्ला समन्वय समितिको छैठौँ जिल्ला सभाको अवसरमा थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगर लगातार तीनपटक उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ ।
जिल्ला समन्वय समितिको मूल्यांकनका आधारमा हुने उक्त घोषणा छैठौँ जिल्ला सभाको कार्यक्रममा हेटौँडामा घोषणा गरिएको हो । उत्कृष्ट बनेको उक्त नगरलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्य प्रगति तथा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ को अंक भारलाई समेत आदार मानेर जिल्ला समन्वय समिति मकवानपुरले पुरस्कृत गरेको हो । जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालका अनुसार थाहा नगरले ७५.५ अंक प्राप्त गरेको छ ।
थाहा नगरको सफलतासँगै नगर प्रमुख विष्टले जनप्रतिनिधि तथा कर्मचारीमा आभार व्यक्त गरेका छन् । नगरको सफलता नै सबै नगरबासीको सफलता भएको बताउँदै उनले आगामी दिनमा थप उचाई प्राप्त गर्न सहयोगको आवश्यकता रहेको बताए ।










चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया