भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधन गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमालेले बेलायतमा लामो समय आन्दोलन गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुबारे सरकारको ध्यानाकर्षण गराएको छ । बेलायती सहकर्मी सरह पेन्सनलगायत सुविधा दिनु पर्ने माग राख्दै भूतपूर्व गोर्खा सैनिकले आन्दोलन गर्दै आएका छन् ।
‘बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःख, कष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय छ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई सम्बोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नु भएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसंग स्मरणीय छ ।’
यस्तो परिस्थितिमा नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर समस्याको समाधान गर्नु पर्ने एमालेले माग राखेको छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया