महाधिवेशनको मिति तोकिएसँग पौडेल पक्षको बैठक बोहोराटारमा जारी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाएका हुन् । आइतबार दिउँसो ३ बजेदेखि पौडेल निवासमा बैठक जारी छ ।
महाधिवेशनको मिति तय भएपछि अब कसरी अगाडी जाने लगाय विषयमा छलफल गर्न बरिष्ठ नेता पौडेलले बैठक बोलाएका एक नेताले जानकारी दिए । ति नेताका अनुसार आजको बैठकमा सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा पनि छलफल हुनेछ ।
शनिवार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटी बैठकपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । शुक्रबारको बैठकमा मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइप्रति केन्द्रीय समिति बैठकमा पनि केन्द्रिय सदस्यहरुले प्रश्न गरेका थिए ।
उक्त बैठकमा प्रकाशमान सिंह, शंशाक कोइराला, रामशरण महत लगाएका शिर्ष नेताहरु उपस्थित रहेका छन् ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया