एसियन कप–२०२२ का लागि २८ खेलाडी छनोट

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् ।
राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिकबाट १७ खेलाडी बाहिरिँदा यसअघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेकामध्ये १७ खेलाडी बाहिरिएको बताएको हो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर, परिक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ ।
एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्ट स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ ।
छनोट खेल १३ देखि २५ सेप्टेम्बर सम्म हुँदै छ । २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् ।














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया