राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारत स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले भारतको सफल लोकतान्त्रिक यात्रा तथा स्वतन्त्रता प्राप्तिपछि उसले हासिल गरेको रुपान्तरणकारी आर्थिक विकासको विशिष्टता दर्शाउँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण हार्दिक सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी, प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर प्रगति, शान्ति र सुखको शुभकामना व्यक्त गरेका छन् ।
सार्वभौम समानता, पारस्परिक समझदारी र सहयोगमा आधारित नेपाल र भारतबीचको गाढा एवम् विविधतापूर्ण सम्बन्धलाई आपसी लाभका निम्ति भारतसँगको साझेदारीलाई अझ सबल तुल्याउने आफ्नो अभिलाषा प्रधानमन्त्री देउवाले अभिव्यक्त गरेका छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया