ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन
मेरोन्यूज
२०७८ साउन ३२ गते ११:१८

काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ । समाचार संस्था एएनआईका अनुसार प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ । यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएर प्रर्दशन गरेका हुन् ।
राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै प्रदर्शन गरेका समेत एएनआईले जनाएको छ ।
एक महिनाअगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने उद्घोष गरेका थिए । उक्त उद्घोषसँगै उनले तालिवानले अब अफगानिस्तानमाथि हमला गर्न नसक्ने विश्वास व्यक्त गरेका थिए ।
आइतबार तालिबानले राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया