ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन
मेरोन्यूज
२०७८ साउन ३२ गते ११:१८

काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ । समाचार संस्था एएनआईका अनुसार प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ । यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएर प्रर्दशन गरेका हुन् ।
राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै प्रदर्शन गरेका समेत एएनआईले जनाएको छ ।
एक महिनाअगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने उद्घोष गरेका थिए । उक्त उद्घोषसँगै उनले तालिवानले अब अफगानिस्तानमाथि हमला गर्न नसक्ने विश्वास व्यक्त गरेका थिए ।
आइतबार तालिबानले राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया