तालिवान सरकारबारे छलफल गर्न राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन ३२ गते १२:३७

काठमाडौँ । अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेसँगै आज राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । भारतको अध्यक्षतामा बस्ने बैठकले अफगानिस्तानको पछिल्लो घटनाबारे समीक्षा हुने जनाइएको छ ।
अफगानिस्तानमा नयाँ सरकार गठनको तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस हुँदै गर्दा परिषद्को बैठकलाई अर्थ पूर्ण रुपले हेरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तालिवानको सरकारलाई मान्यता दिन नसकिने बताइसकेका छन् ।
सुरक्षा परिषद्को अर्का सदस्य चीन अफगानिस्तान मामिलामा पूर्णतः मौन हुँदै आएको छ । चीनले गत महिना तालिवानका नेताहरुलाई स्वागत गरेको थियो ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया