अमेरिकी डलर लगायत केही देशको विनिमयदर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताको चौथो दिन बुधबार कायम गरेको बैदेशिक विनिमय दरमा अमेरिकी डलर लगायत केही राष्ट्रको विनिमय दर अघिल्लो दिन भन्दा केही महंगो रहेको जनाएको छ ।
अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा रहेको छ । बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा कायम छ ।
युरोपियन युरो १ को खरिददर १ सय ३९ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर १ सय ४० रुपैयाँ ३९ रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ१ को खरिददर ६३ रुपैयाँ ७२ पैसा रहेको छ । बिक्रिदर १ सय ६४ रुपैयाँ ५४ पैसा छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर ८६ रुपैयाँ ९८ पैसा कायम छ ।
यसैगरी क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ९४ रुपैयाँ ६० पैसा कायम छ । सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ३३ पैसा छ । बिक्रिदर ८७ रुपैयाँ ७७ पैसा कायम रहेको राष्ट्र बैंकले जारी गरेको तत्थ्यांकमा उल्लेख छ ।
यस्तै जापानिज एन १० को खरिददर १० रुपैयाँ ८६ पैसा रहको छ । बिक्रिदर १० रुपैयाँ ९१ पैसा कायम छ । चाईनिज युआन १ को खरिददर १८ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ४१ पैसा कायम रहको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले तयार पारेको विनिमयदर सूचीमा उल्लेख छ ।
यस्तै कतारी रियाल १ को खरिदरद ३२ रुपैयाँ ४० पैसा छ । बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ४७ पैसा कायम रहेको छ ।
राष्ट्र बैंकका अनुसार मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ छ भने बिक्रिदर २८ रुपैयाँ १४ पैसा छ । दक्षिण कोरिया वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा छ भने बिक्रिदर १० रुपैयाँ १५ पैसा रहेको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया