स्वचालित भन्सार प्रणालीमा मोबाइलमार्फत काम गर्न एपको तयारी

काठमाडौँ । स्वचालित भन्सार प्रणाली लागु गर्ने योजना, मोबाइलमार्फत भन्सार जाँच पास गर्न एप बनाइने भन्सार विभागले जनाएको छ । विभागले जाँच पास प्रक्रियालाई कागजरहित बनाई जाँच पासमा लाग्ने समय कम गराउने, विद्युतीय भुक्तानी लागु गर्ने र सम्पूर्ण कागजातलाई विद्युतीय स्वरुपमा पेश गर्न सक्ने सुविधासहित भन्सार आधुनिकीकरण गर्ने भएको हो ।
यसको लागि पूर्ण स्वचालित प्रणाली स्थापना गर्नु पर्ने विभागले छैठौँ भन्सार सुधार तथा आधुनिकीकरण योजनामा ठहर गरेको छ । अर्थ मन्त्रालयले छैठौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सार्वजनिक गरेका हुन् ।
सूचना प्रविधिका आधुनिक उपकरणहरुको प्रयोगमार्फत व्यापार सहजीकरण गर्दै, यथार्थपरक राजव संकलन गर्ने र आपूर्ति श्रृंखलाको अविच्छिन्नता एर्व सामाजिक सुरक्षाको प्रत्याभूतिमा भन्सारको योगदान अभिवृद्धि गर्ने योजनाको उद्देश्य रहेको छ ।
छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न पाँच वटा उपलब्धिहरु प्रक्षेपण गरिएको छ । व्यापार सहजीकरण, यथार्थपरक राजश्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिका रुपमा राखिएको छ ।
स्वचालित भन्सार प्रणालीअन्तर्गत भन्सार जाँच पासका सबै प्रक्रियाहरू प्रविधिद्वारा स्वचालित गरिएको हुने छ भने देशभरका २९ वटा भन्सार कार्यालयमा ‘नेपाल भन्सार स्वचालन प्रणाली’ कार्यान्वयन गरिएको हुने योजनामा उल्लेख छ ।
त्यसैगरी स्वचालित भन्सार प्रणालीअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक पर्ने इजाजतपत्र, अनुमति, प्रमाणपत्र, तथा अन्य कागजातहरुलाई अनलाइन प्राप्त गर्न सक्ने गरी विकास गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीको कार्यान्वयन गरिने भएको छ । यसमा सबै सरकारी र निजी क्षेत्रलाई आबद्ध गरिने लक्ष्य लिइएको छ ।
विभागले योजनाअन्तर्गत भन्सार कार्यालयमा मोबाइल÷ट्याबलेटमार्फत भन्सार जाँच पास गर्न आसिकुडा मोबाइल क्लाइन्ट एप विस्तार गर्ने, विद्युतीय भुक्तानी कार्यान्वयन गर्ने, डिजिटल सिग्नेचर कार्यान्वयन गर्ने स्वचालित रुपमा भन्सारको तथ्यांक व्यवस्थापन गर्नेलगायत लक्ष्यहरु राखेको छ ।
संगठनात्मक विकास र क्षमता अभिवृद्धिअन्तर्गत भन्सार प्रशासनको प्रतिस्पर्धात्मक क्षमता अभिृद्धि गर्ने लक्ष्य राखिएको छ । आधुनिक भन्सारका मापदण्ड लागू गर्नको लागि संगठनात्मक क्षमता बढाइने लक्ष्य योजनामा समावेश गरिएको छ । भन्सार सुधार योजनाले उल्लेखित उपलब्धिअन्तर्गत पन्ध्र वटा प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ ।
व्यापार सहजीकरण, समन्वयात्मक सीमा व्यवस्थापन, स्वेच्छिक अनुपालन, प्रभावकारी जाँच पासपछिको परीक्षण, राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार, भौतिक पूर्वाधारमा सुधार, व्यवस्थापकीय क्षमताको सुदृढीकरण, राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, बौद्धिक सम्पत्तिको संरक्षण, वातावरण र समाजको संरक्षणका क्षेत्रमा सहजीकरण लगायत रहेका छन् ।
यस्तै सरोकारवालाबीच समन्वय र सञ्चार, सुदृढ जोखिम व्यवस्थापन, यथार्थपरक राजश्व संकलन, स्वचालित प्रणालीको विस्तार, वैदेशिक व्यापार तथ्यांक व्यवस्थापन, सदाचार र सुशासन प्रवद्र्धन, सामाजिक सुरक्षाका लागि नीति तथा प्रक्रियाको एकीकृत ढंगले कार्यान्वयन जस्ता प्रतिफल छैठौँ भन्सार सुधार योजनाले अपेक्षा गरेको छ ।
भन्सार प्रशासनले वि.सं. २०६० देखि भन्सार सुधार कार्ययोजना लागु गर्दै आएको छ । पाँचौं भन्सार कार्ययोजना २०७८ असारमा सम्पन्न कार्यान्वयनमा ल्याइएको थियो ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया