आइसीयू जडान प्रक्रिया अगाडि बढ्यो

सङ्खवासभा । सङ्खुवासभास्थित जिल्ला अस्पताल खाँदबारीको आइसीयू उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाइ भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले सो उजुरीको फैसला सुनाएको हो । द – मेडिकल सोलुसनले खरिद प्रक्रिया गलत भएको जनाउँदै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गर्न सो समितिमा उजुरी दिएको थियो ।
अस्पतालले गरेको खरिद प्रक्रिया गलत नभएको जनाउँदै सामग्री खरिदका लागि समितिले बुधबार जिल्ला अस्पताललाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिए ।
अध्यक्ष भीमकुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रक्रियामा त्रुटि नरहेको निष्कर्ष निकालेको थियो । उपकरण खरिदका लागि सबैभन्दा थोरै रकम कबोल गर्ने सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख छ ।
उक्त निर्णयसँगै अनियमितताको आरोप लगाउँदै पुनरावलोकन समितिमा उजुरी दिने सोलुसनको रु तीन लाख धरौटी रकम जफत गर्ने भनिएको उनले बताए । अस्पतालको आइसीयू सामग्री खरिदसम्बन्धी गरिएको बोलपत्र आह्वानमा पाँच कम्पनीले बोलपत्र पेश गरेका थिए । तीमध्ये आर्थिक प्रस्तावमा बढी रकम पेश गर्ने ¥यापिड ट्रेडर्सलाई अस्पतालले छनोट गरेको थियो ।
उक्त ट्रेडर्सको प्रस्ताव रकम बढी भए पनि सबैभन्दा गुणस्तरीय सामग्री उपलब्ध गराउने कबोल गरेको बायोमेट्रिक विशेषज्ञको सिफारिसअनुसार ¥यापिडलाई छनोट गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो ।
उक्त निर्णयपछि सबैभन्दा न्यून रकम कबोल गर्ने सोलुसनले उजुरी दर्ता गराएको थियो । उक्त उजुरीपछि सार्वजनिक खरिद अवलोकन समितिले अनुसन्धान सुरुआत गरेको थियो । सार्वजनिक खरिद अवलोकन समितिको उक्त निर्णयसँगै आइसीयू खरिद प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । अब जति सक्दो चाँडो आइसीयू उपकरण जडान गरी सेवा सञ्चालन गरिने अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए । यसका लागि कुनिना गुठीले मासिक रु तीन लाख उपलब्ध गराउने सम्झौता गरिसकिएको छ । रासस
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया