कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप
मेरोन्यूज
२०७८ भदौ ३ गते १९:५०

काठमाडौं । काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थी कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने बताइउको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने छ ।
यस्तै शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने भएको छ । ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइन लागेको हो । खोप अभियान खुई दिनसम्म सञ्चालन हुने छ ।
खोप केन्द्रहरु :
- सशस्त्र प्रहरी अस्पताल, बलम्बु
- वीरेन्द्र सैनिक अस्पताल, छाउनी
- राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
- नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
- वीर अस्पताल, रत्नपार्क
- निजामति कर्मचारी अस्पताल, वानेश्वर
- परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
- शिक्षण अस्पताल, महाराजगञ्ज
- काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
- अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया