कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप
मेरोन्यूज
२०७८ भदौ ३ गते १९:५०

काठमाडौं । काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थी कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने बताइउको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने छ ।
यस्तै शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने भएको छ । ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइन लागेको हो । खोप अभियान खुई दिनसम्म सञ्चालन हुने छ ।
खोप केन्द्रहरु :
- सशस्त्र प्रहरी अस्पताल, बलम्बु
- वीरेन्द्र सैनिक अस्पताल, छाउनी
- राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
- नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
- वीर अस्पताल, रत्नपार्क
- निजामति कर्मचारी अस्पताल, वानेश्वर
- परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
- शिक्षण अस्पताल, महाराजगञ्ज
- काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
- अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

सम्बन्धित
















बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया