भूतपूर्व गोर्खाहरुको १३ दिनपछि अनसन तोडियो
मेरोन्यूज
२०७८ भदौ ३ गते २१:४६

काठमाडौं । समान पेन्सन लगायतको माग गर्दै आमरण अनसनमा बसेका भुपू गोर्खाहरुले अनशन तोडेका छन् । १३ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसिरहेका उनीहरुले बिहीबार अनशन तोडेका हुन् ।
टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले भोक हड्ताल गरेका थिए । बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको बताइउको छ ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल र बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुस पिलाएर अनशन तोडिएको हो । भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायतले एक महिनाभित्र नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो ।
सम्बन्धित
प्रतिक्रिया