हाँस्य कलाकार शम्भुराज थापाको पाटन अस्पतालमा निधन

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।
सङ्क्रमण पुष्टि भएपछि केहि दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
‘केहि दिन अगाडि अस्पताल भर्ना भएका थापाको मंगलबारसम्म अवस्था सामान्य नै रहेको थियो’ ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको थियो ।’
पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन् ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया