तेह्रथुम कम्पनीको आइपिओ खुल्यो

काठमाडौ । तेह्रथुम पावर कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि शेयर अवसर (इनिसियल पब्लिक अफरिङ अर्थात् आईपिओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावितलाई स्थानीयको लागि आईपिओ निष्काशन गरेपछि सर्वसाधारणलाई शेयर खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफाड गरिएको छ भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यस आईपिओमा छिटोमा भदौ १३ गतेसम्म र त्यस अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्री हुन लागेको हो । कम्पनीले तेह्रथुममा ७ दशमलब ५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ भने तेह्रथुममै २ मेगावाटको अर्को आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ ।
कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी ४० करोड र चुक्ता पुंजी २८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने कम्पनीको दाबी छ ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया