छानबिन समितिले बुझायो प्रतिवेदन, प्रशिक्षक अल्मुताइरीले लेखे : आइ एम आउट !

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले आफ्नो प्रतिवेद बुझाएको छ । समितिले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना हुने गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको छ । छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल (संघ) एन्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन प्रतिवेदनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार तथा अन्य कसैप्रति लक्षित गरी धारणा राख्न पनि अल्मुताइरीलाई रोक लगाउनुपर्ने सुझाव दिएको छ ।
प्रतिवेदन बुझ्दै सदस्य सचिव सिलवालले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र यथार्थ बताउन सक्ने बताए । समितिले बुझाएको प्रतिवेदनमा एन्फालाई आफ्नो समस्या आफैं समाधान गर्न सुझाव दिइएको छ ।
यसैबीच राष्ट्रिय खेलकुद परिषदले बनाएको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि जनाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आइ एम आउट ‘। लेट पोलिटिक्स वर्क’ । (म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ) ।
उनले यसअघि राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिएको बताएका थिए । त्यसपछि फुटबलमा विवाद बढेको थियो ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया