परीक्षार्थीलाई कोरोना खोपको प्रबन्ध मिलाएको छ : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड(१९ विरुद्धको खोपको प्रबन्ध मिलाइसकेको जनाएको छ ।
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्घको खोपको प्रबन्ध मिलाइसकेको जानकारी गराए ।
मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोपको प्रबन्ध मिलाएअनुसार १८ वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीले परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराईएको प्रवेश पत्र लिएर तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन आग्रह गरेको छ ।
मन्त्रालयले खोप लगाउन आउने परीक्षार्थीहरुलाई खोप लगाउन कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय एवं सहजीकरण गर्न शैक्षिक संस्था तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया