परीक्षार्थीलाई कोरोना खोपको प्रबन्ध मिलाएको छ : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड(१९ विरुद्धको खोपको प्रबन्ध मिलाइसकेको जनाएको छ ।
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्घको खोपको प्रबन्ध मिलाइसकेको जानकारी गराए ।
मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोपको प्रबन्ध मिलाएअनुसार १८ वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीले परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराईएको प्रवेश पत्र लिएर तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन आग्रह गरेको छ ।
मन्त्रालयले खोप लगाउन आउने परीक्षार्थीहरुलाई खोप लगाउन कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय एवं सहजीकरण गर्न शैक्षिक संस्था तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।










कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया