सशस्त्र प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
मेरोन्यूज
२०७८ भदौ ११ गते १०:२५

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न चार पदका लागि भर्ना खुलाएको छ । परिचरदेखि अधिकृतसम्मका विभिन्न ४ पदमा गरी १ हजार ९५ जनाका लागि भर्ना खुलेको हो ।
सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा १ सय ३७ जना, सशस्त्र प्रहरी जवानमा ७ सय ५५ जना र सशस्त्र प्रहरी परिचरमा १ सय २८ जना माग गरिएको छ ।
परिचरमध्ये भान्छेमा ८८, केश कर्तक १४, कूचीकार १३, सूचीकार ७, चर्मकर्मी ४ र माली २ जनाको लागि विज्ञापन गरिएको छ ।
सशस्त्र प्रहरी निरिक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेको र स्नातक उतिर्ण हुनुपर्ने छ । सहायक निरिक्षकका लागि १८ वर्ष पूरा भइ २३ वर्ष ननाघेको र प्लस टु पास गरेको हुनुपर्ने छ । जवानका लागि १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको र कक्षा ८ पास गरेको हुनेपर्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित











ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया