सशस्त्र प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
मेरोन्यूज
२०७८ भदौ ११ गते १०:२५

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न चार पदका लागि भर्ना खुलाएको छ । परिचरदेखि अधिकृतसम्मका विभिन्न ४ पदमा गरी १ हजार ९५ जनाका लागि भर्ना खुलेको हो ।
सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा १ सय ३७ जना, सशस्त्र प्रहरी जवानमा ७ सय ५५ जना र सशस्त्र प्रहरी परिचरमा १ सय २८ जना माग गरिएको छ ।
परिचरमध्ये भान्छेमा ८८, केश कर्तक १४, कूचीकार १३, सूचीकार ७, चर्मकर्मी ४ र माली २ जनाको लागि विज्ञापन गरिएको छ ।
सशस्त्र प्रहरी निरिक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेको र स्नातक उतिर्ण हुनुपर्ने छ । सहायक निरिक्षकका लागि १८ वर्ष पूरा भइ २३ वर्ष ननाघेको र प्लस टु पास गरेको हुनुपर्ने छ । जवानका लागि १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको र कक्षा ८ पास गरेको हुनेपर्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया