साढे एक अर्बको गेडागुडी आयात, कुन सामाग्री कति आयात ?

काठमाडौँ । नेपालगञ्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६–७७ मा एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो ।
यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोडको चामल आयात भएको छ । आव ०७६–७७ भन्दा यो झण्डै २९ करोडभन्दा बढी हो ।
आव ०७७–७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६–७७ मा ६० करोड १० लाख १५ हजार १४४ बराबरको आयात भएको थियो । आव ०७५–७६ मा ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ ।
नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताए । आव ०७६–७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । ‘पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,’ उनले भने ।
कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६–७७ को तुलनामा धेरै हो । उक्त आवमा एक अर्ब ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।
सिमेन्टको क्लिंकर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाखको क्लिंकर आयात हुँदा आव ०७६–७७ मा ४१ करोड ९३ लाखका क्लिंकर आयात भएको थियो ।
‘सिमेन्टको क्लिंकर आयातमा भने कमी देखिएको छ,’ कार्यालय प्रमुख भण्डारीले भने, ‘लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिंकर आयातमा कमी भएको हुन सक्छ ।’

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया