महिना दिनमा साढे एक खर्बको सामान आयात, व्यापार घाटा एक खर्ब ३० अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको सामान आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८–०७९) को पहिलो महिनामा एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी सामान आयात भएको हो ।
गत आवको सोही अवधिमा ८५ अर्ब ८० करोड ७९ लाख बराबरको सामान आयात भएको थियो । सो अवधिको तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।
यस्तै, चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्च रुपमा वृद्धि भएको हो ।
गत आवको सोही अवधिमा नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रतिशतले बढी हो ।
गत आव २०७७–०७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यस्तै, नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ ।
गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया