महिना दिनमा साढे एक खर्बको सामान आयात, व्यापार घाटा एक खर्ब ३० अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको सामान आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८–०७९) को पहिलो महिनामा एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी सामान आयात भएको हो ।
गत आवको सोही अवधिमा ८५ अर्ब ८० करोड ७९ लाख बराबरको सामान आयात भएको थियो । सो अवधिको तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।
यस्तै, चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्च रुपमा वृद्धि भएको हो ।
गत आवको सोही अवधिमा नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रतिशतले बढी हो ।
गत आव २०७७–०७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यस्तै, नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ ।
गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया