एक महिनामा १८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । विभागका अनुसार एक महिनामा १८ अर्ब १३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको हो ।
आयातको उच्च स्थानमा रहेको तेल निर्यातको पहिलो स्थानमा समेत रहेको छ । नेपालमा तेस्रो देशबाट तेलको आवश्यक कच्चा पदार्थ आयात भई प्रशोधन गरी पुनः तेस्रो मुलुक पठाइने गरिएको छ । एक महिनामा नेपालबाट ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।
एक महिनाका अवधिमा १०२ देशबाट एक अर्ख ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्यांकअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
भारतबाट मात्रै ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको सामान आयात भएको छ । भारतपछि सबैभन्दा ठूलो आयात चीनबाट भएको छ ।
चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख बराबरको सामान आयात भएको छ । एक महिनाको अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा आठ करोड बराबरको निर्यात भएको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया