बाढीले माछापोखरी र बङ्गुरको खोर बगाएपछि

कञ्चनपुर । अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ ।
दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताए ।
“ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिंए”, उनले भने “बाढीले बगाएर बिजोग पारेको छ ।”
बाढीले विद्युतका पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताए ।
विद्युतका पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उनले जानकारी दिए । मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ ।
चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया