सोमबार, पुष १४, २०८२

तान्जेनियन महिला : नेपालमा लागुऔषध तस्करको सहयोगीदेखि यौन धन्दासम्म

कोकीन तस्करीको ट्रान्जीट पोइन्ट बन्दै नेपाल

दया दुदराज २०७८ भदौ १३ गते १९:०८

काठमाडौँ । तान्जेनियन, पुर्वी अफ्रिाको एक मुलुक हो । जुन नेपालदेखि धेरै टाडा छ । सोही मुलुकका २६ वर्षीया गेरट्रड लियोनार्ड किमारो २०१९ मा स्टुडेन्ट भिषामा प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा नेपाली भाषा अध्ययनको लागि भनेर नेपाल आईन् ।

नेपाल आएर उनि राजधानिको क्षेत्रपाटीस्थित एक घरमा फ्याट लिएर महिनाको २० हजार तिर्ने सर्तमा नेपाल बस्न थालिन् । विद्यार्थीको रुपमा रहेकी किमारोले नेपालमा रहेर विगत २ वर्षदेखि अवैध गैरकानुनी धन्दा गर्दै आएको प्रहरीले तब पत्ता लगायो जब उनि पक्राउ परिन् । ९ भदौमा उनी सिन्धुली जिल्लाको खुर्कोटबाट पक्राउ परिन् । उनलाई प्रहरीले अवैध लागुऔषध कोकीन तस्करीको सहयोगी बनेको अभियोगमा पक्राउ गरेको हो ।

उनले नेपालमा बसेर अवैध लागुऔषध तस्करीको सहयोगी बन्ने र यौन धन्दा समेत चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

किमारो एक्लै पक्राउ परिनन् उनीसँग अन्य दुई जना पनि पक्राउ परे । लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार किमारोसँगै दक्षिण अफ्रिकाका ३० वर्षीय श्रेली गामा र भारतको बैङ्लोर कडाथी कर्नाटक घर भएका ३३ वर्षीय विजय सिंहलाई पक्राउ गरेको हो ।

भारतीय नागरीक र दक्षिण अफ्रिकाका २ जनालाई भदौ ८ गते नै पक्राउ गरेको आगुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ३ भदौमा कतार यअरवेजबाट दक्षिण अफ्रिकाको केपटाउनबाट दोहाहुँदै काठमाडौं आएकी ए ०९२६७५१३ पासपोर्ट नम्बर बाहक ३० वर्षीया दक्षिण अफ्रिकन नागरिक गामालाई भदौ ३ गते काठमाडौंको कमलादीस्थित होटलबाट २ किलो ९६६ ग्राम कोकीन सहित पक्राउ परिन् । भारतका ३३ वर्षीय सिंहलाई कोकीन लिन आएको अवस्थामा ८ भदौमा कमलादीबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका गामा र सिंहको सहायताबाट भारत भाग्न लागेकी किमारोलाई भने भदौ ९ गते सिन्धुली जिल्लाको खुर्कोटबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) जिबन कुमार श्रेष्ठले मेरोन्युजलाई जानकारी दिए ।

कोकीन तस्करीको ट्रान्जीट पोइन्ट बन्दै नेपाल
प्रहरीले बरामद गरेको उक्त कोकीन जोनेसवर्गबाट दक्षिण अफ्रिकाको केपटाउन हुँदै कतारको दाहाबाट नेपाल आईपुगेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता श्रेष्ठले मेरोन्युजलाई जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार पक्राउ परेकी गामा जोहानेसबर्गबाट अगस्ट १८ मा केपटाउन एयरपोर्ट पगिन् । केपटाउनबाट उनी कतार एयरलाइन्समार्फत कतारको राजधानी दोहा पुगिन् । दोहा पुगेकी उनले भारत जाने जमर्को गरिन् । तर सकिनन् त्यहाँबाट उनी सिधै पर्यटन भिषमा नेपाल आइन् ।

उनले कोकीन लिएर आएको थाहा पाउने वित्तिकै प्रहरीले निगरानीमा राख्यो । एअरपोर्टबाट उनी सिधै लाजिम्पाटस्थित एक होटलमा पुगेकी थिइन् । कोकीन छ भन्ने खबरका आधारमा प्रहरीले उनलाई निरन्तर निगरानीमा राखिराख्यो । लगभग प्रहरीले ६ दिन निगरानी गर्यो निगरानीकै बिच उनी दरबारमार्गस्थित केएफसीमा आएकी थिइन् । केएफसी आएर उनलाई तान्जेनीयाकी किमारोले सर्भिलेन्स गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

केएफसीमा केही छिन्को बसाईपछि उनी फर्किइन् । तर प्रहरीको निगरानी निरन्तरता नै छ । ८ भदौमा उनी कमलादीस्थित एक होटलमा पुगिन् । त्यहाँ भारतका विजय पनि थिए । उनी कोकीन लिन आएका थिए । उनी आएपछि प्रहरीले दुवैलाई पक्राउ ग¥यो ।

प्रहरीले बरामद गरेको २ किलो ९३३ ग्राम कोकीनको मुल्य अन्दाजी ९ करोड पर्न आउने समेत प्रहरीले जनाएको छ । सो कोकीन नेपालबाट भारतको दिल्ली लैजान लागिएको समेत अनुसन्धानमा खुल्न आएको छ । तान्जेनीयाकी किमारो दुईपक्ष एजेन्टहरुको सहयोगी बन्दै तस्करमा सहयोग पुर्याउदै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका उनिहरुलाई लागूऔषध नियमन ऐन २०३३ अनुसार १५ वर्षदेखि जन्म कैद र पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुन अनुसार अनुसन्धान अगाडि बढाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया