रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट
मेरोन्यूज
२०७८ भदौ १४ गते ९:५७

काठमाडौं । बरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै उनको आज बिहान निधन भएको हो ।
लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन् ।
विसं १९९३ मा जुम्लामा जन्मेका आनन्ददेव प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत रहेका थिए।
उनको शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । भट्टका श्रीमती र दुई छोरा छन् । रासस
सम्बन्धित
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया