सोमबार, फागुन ४, २०८२

मन्त्रालय भागबण्डा गर्न शीर्ष ५ नेताहरूको बैठक जारी

मेरोन्यूज २०७८ भदौ १४ गते १०:४२

काठमाडौँ । सत्ता साझेदारी दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न बैठक बसेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ ।

गठबन्धन दलहरूले सरकार बनाएको साढे एक महिनाभन्दा बढी हुँदासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्थामा शीर्ष नेताहरूको बैठक बसेको हो । यस बैठकले दलहरूले पाउने मन्त्रीको भागबण्डा गरी केही दिनमा मन्त्रिपरिषद विस्तारको निर्णय गर्ने जनाइएको छ ।

सत्ता साझेदारी दल राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नभई सहयोग गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया