तालिवानसँग झण्डै दुई खर्ब डलर सम्पत्ति, कहाँबाट आयो यति धेरै धन ?

काठमाडौँ । यस महिना विद्रोही समूह तालिवानले करिब पूरै अफगानिस्तानमाथि कब्जा जमाउन सफल भए । योसँगै आगामी बुधबारसम्म अमेरिकी सेनालाई तालिवानले अफगानिस्तान छाडेर जान अन्तिम मितिसमेत दिइसकेको छ । अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि दुई दशकदेखि जारी युद्ध अन्त्य हुने विश्वास लिइएको छ ।
अफगानिस्तानको सत्तामा तालिवानले कब्जा जमाएसँगै राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरूलगायत उच्च तहका कर्मचारीदेखि सामान्य नागरिकले समेत देश छाड्ने क्रम बढ्दो रहेको छ । पछिल्लो आँकडाअनुसार अमेरिकाले मात्रै करिब एक लाख २५ हजारभन्दा बढी अफगानी नागरिकलाई अमेरिका लगिसकेको छ । अन्य देशहरूले समेत अफगानी नागरिकलाई आफ्नो देशमा लगेका छन् ।
दुई दशकभन्दा लामो संघर्षमा तालिवानका धेरै सैनिक मारिए । तालिवानविरूद्ध गठबन्धन गरी लडाइँमा होमिएका शक्तिशाली देशका सेना पराजीत भए । विश्वका शक्तिशाली र धनी देशका सेनासहित आधुनिक हतियारलाई तालिवानले परास्त गरी पूरै देशसँगै सत्ता कब्जा गरे ।
एक अनुसन्धानका अनुसार सन् २०११ मा तालिवानको लडाकुको संख्या करिब ३० हजार रहेका थिए । सन् २०२१ सम्म आइपुग्दा यो संख्या बढेर करिब ७० हजारदेखि एक लाखसम्म भएको अनुमान गरिएको छ ।

तालिवानलाई आफ्नो सैनिक संगठनदेखि अभियान सञ्चालन गर्न ठूलो धन राशीको आवश्यक पर्यो । अब सवाल उठ्न सक्छ यसका लागि तालिवानले यति लामो युद्ध र अभियान सञ्चालन गर्न आवश्यक धन कहाँबाट प्राप्त गरे ? यस संगठनलाई कुनै देशले सहयोग त गरेको थिएन ?
तालिवान कति धनी ?
तालिवानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर, यति लामो युद्ध गर्न ५ वर्ष सत्तामा बस्दा आर्जन गरेको धन राशीले कमाएर पुग्दैन । यस कारण तालिवानको आम्दानीबारे विश्वस्त र ठोस जानकारीबाट सबै बञ्चित हुँदै आएका छन् ।
बिबिसीले प्रकाशित गरेको समाचारअनुसार तालिवानको आम्दानी स्रोतबारे जानकारी लिन निकै कठिन छ । तर, सन् २०११ मा तालिवानको वार्षिक आम्दानी करिब ४६ अर्ब ४० करोड रूपैयाँ रहेको थियो ।
यस्तै, समाचार संस्था बिबिसीका अनुसार सन् २०१८ को अन्तसम्म तालिवानको कूल सम्पत्ति एक खर्ब ७६ अर्ब डलर पुगेको थियो । अमेरिकी सेनालाई परास्त गर्दै सत्ता सम्हाल्दै छ । यसले उसको आम्दानी थप बढ्ने अनुमान गरिएको छ ।
तालिवानको आम्दानी स्रोतहरू
तालिवानको आर्थिक स्रोतबारे सबैले अफिम तथा उसले बनाउँदै आएको नशालु पदार्थ हेरोइनको कारोबारलाई अनुमान गर्दै आएको छ । तर, तालिवानलाई नजिकबाट हेर्दै आएकाहरूका अनुसार यो कुरा पूरै सही भने होइन ।
जानकारका अनुसार तालिवानको आम्दानी अफिमबाहेक उसले कब्जा गर्दै आएको इलाकामा लगाउँदै आएको कर रहेको छ । साथै विदेशबाट प्राप्त हुने विभिन्न प्रकारको चन्दा तथा खनिज पदार्थको कारोबार रहेको समाचारमा जनाइएको छ । तालिवानको मुख्य आम्दानीको स्रोतहरू यस प्रकारका रहेका छन् :
लागु औषधको कारोबार
तालिवानबारे धेरै अनुमान गरिएको छ । जसमा लामो समयदेखि अफिम, हेरोइन जस्ता लागु औषध कारोबार गर्दै आएको आरोप लाग्दै आएको छ ।
अफगानिस्तान विश्वको सबैभन्दा बढी अफिम तथा हेरोइन उत्पादन हुने देश हो । यहाँ विश्वमा खपत हुने सबैभन्दा धेरै अफिस तथा हेरोइन उत्पादन हुँदै आएको छ । एक अनुमानका अनुसार अफगानिस्तानले हरेक वर्ष करिब ४ खर्ब रूपैयाँ बराबरको अफिम र हेरोइन निर्यात गर्दै आएको छ ।

सन् २०१८ को एक अमेरिकी कमाण्डर जनरल जोन निकोलसनको रिपोर्टअनुसार तालिवानको कूल आम्दानीको ६० प्रतिशतभन्दा अधिक हिस्सा लागु औषध बिक्रीबाट हुँदै आएको छ ।
विदेशबाट आउने चन्दा
पूर्व अफगानी सरकार तथा अमेरिकी अधिकारीहरूले पाकिस्तान, इरान, रूस, सउदी अरब, संयुक्त अरब इमिरेट, कतरसहित खाडीका केही देशहरूबाट तालिवानलाई आर्थिक सहयोग हुने बताउँदै आएको छ । तर, यी देशहरूले तालिवानलाई आर्थिक सहयोग गरेको कहिले स्वीकार गरेका थिएनन् ।
तालिवानलाई विदेशबाट हुँदै आएको मद्दत आँकडामा देखाउन असम्भव रहेको छ । तर, विदेशबाट तालिवानलाई हरेक वर्ष ५० करोड अमेरिकी डलरभन्दा बढी सहयोग हुँदै आएको छ ।
यसअघि अमेरिकाको एक रिपोर्टमा तालिवानलाई सन् २००८ मा मात्रै करिब ११ करोड अमेरिकी डलर बराबरको सहयोग प्राप्त भएको थियो ।
खानी तथा खनिज
खनिजमा पाइन महंगो पत्थरमा अफगानिस्तान सबैभन्दा धनी रहँदै आएको छ । देशमा लामो युद्ध भएका कारण यस देशबाट खनिज पदार्थ उत्खनन हुन सकेको पाइँदैन् । पूर्व अफगानी अधिकारीका अनुसार अर्बौं मूल्य बराबरको खनिज पदार्थ तालिवानको मुख्य आय स्रोत बन्दै आएको छ ।

तालिवानले नियन्त्रण गरेको क्षेत्रमा खनिज पदार्थ उत्खनन गरी ठूलो मात्रामा आम्दानी गर्दै आएको छ । सन् २०१४ को युएनको एक रिपोर्टमा भनिएको छ, ‘तालिवानले हेलमन्द प्रान्तमा ३० वटा जति अवैध खानी परियोजना सञ्चालन गर्दै आएको छ, जसबाट हरेक वर्ष करोडौँ रकम बराबरको आम्दानी गर्दै आएको छ ।’ एजेन्सी
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया