४ दिनमा ८९ जना फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ भदौ १४ गते १३:१०

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले फरार पक्राउ अप्रेसन अन्तर्गत भदौ ८ गतेदेखि ११ गते सम्ममा ८९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
विभिन्न मुद्धामा फरार रहेका ८९ प्रतिवादीहरुलाई जिल्ला प्रहरी कर्यालयले ४ दिनमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद,सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा सजाए तोकीएका प्रतिवादीहरुलाई ४ दिनमै पक्राउ गरेको हो ।
कैद तथा जरिवाना तोकिई फरार रहेका ८१ जना पुरूष र ८ जना महिला गरी जम्मा ८९ जना फरार व्यक्तिहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सम्बन्धित









काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
प्रतिक्रिया