धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरे कार्यकारी निर्देशकहरुको सरुवा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डका उच्च तहका कर्मचारीहरुको सरुवा गरेका छन् । अध्यक्ष ढुंगानाले कार्यकारी निर्देशक निरज गिरी र कायम मुकायम कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यको सरुवा गरेका हुन् ।
कार्यकारी निर्देशक निरज गिरीलाई वस्तु बजार अनुसन्धान विभागमा राखेका छन् भने वस्तु बजार अनुसन्धान विभागमा रहेका विनयदेव आचार्यलाई सुपरिवेक्षण विभागको जिम्मेवारी दिएको जनाइएको छ । सुपरिवेक्षण विभागमा रहेका मुक्तिनाथ श्रेष्ठले नियमन तथा व्यवस्थापन विभागको जिम्मेवारी पाएको धितोपत्र बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डमा नियमन तथा व्यवसथापन विभाग र सुपरिवेक्षण विभागलाई ठूलो विभाग मानिन्छ । महत्वपूर्ण विभागमा बोर्ड अध्यक्ष ढुंगानाले आफ्ना निकटकालाई ल्याएको बताइउको छ ।
गत बैशाखमा वरिष्ठताको आधारमा श्रेष्ठ र आचार्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो । कार्यसम्पादन मुल्यांकनको आधारमा हुने नियमित बढुवा भने लोक सेवाको अनुमतिमा हुने गरी उनीहरुलाई कामुको जिम्मेवारी दिइएको थियो ।
यद्यपी अध्यक्षले आफ्ना निकटता र आफ्ना बुँदामा असहमति जनाउनेलाई छुट्टाएका छन् ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया