शनिबार, वैशाख २७, २०८२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

मेरोन्यूज २०७८ भदौ १४ गते १५:५१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ ।

सरकारमा सहभागीता र पार्टीबाट मन्त्री बन्नेको नाम टुङ्गो लगाउने विषयमा बैठकमा छलफल हुने जनाइएको छ । यसअघि गठबन्धनका शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो ।

बैठकले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो । त्यही अनुसार माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको जनाइएको छ ।

प्रतिक्रिया