ऊर्जामन्त्रीसँग जर्मनीका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेक (क्तभउजबल च्गककभप) ले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा मंगलवार भएको भेटमा आपसी हित र चासोका विषमा छलफल भएको उर्जामन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
सो अवसरमा कार्यबाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताएका थिए । नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाएका थिए ।
चिलिमे–त्रिशुली र लेखनाथ–दमौली २२० केभी प्रशारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा समेत राखेका थिए । त्यसैगरी संसद्मा पेश भएको विद्युत् विद्येयकबारे पनि कार्यबाहक राजदूत रुसेकले चासो व्यक्त गरेका थिए ।
जवाफमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहीआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेकी थिइन् । उनले सामाजिक एवं आर्थिक क्षेत्रमा जर्मनी सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद पनि दिइन् ।
वैकल्पिक ऊर्जा एवं प्रशारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री भुसालले ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरेकी थिइन् ।
सो अवसरमा मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तवरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताएकी थिइन् ।
भूकम्पपछिको पुनःनिर्माण एवं कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जर्मनीले पु¥याएको सहयोगप्रति मन्त्री भुसालले आभार व्यक्त गरिन् ।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागीता थियो ।

















तीन किलो चाँदीसहित एक जना पक्राउ
वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
२० अंकले घट्यो सेयर बजार, काराेबार रकम ८ अर्ब ३६ करोड
Air pollution increasing in Kathmandu Valley
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया